यामल र लेवान्डोस्कीलाई एन्टि–डोपिङ नियम उल्लङ्घनमा जरिवाना

काठमाडौँ — बार्सिलोनाका खेलाडी लामिन यामल र रोबर्ट लेवान्डोस्कीलाई युइएफएले एन्टि–डोपिङ नियम उल्लङ्घन गरेको आरोपमा प्रत्येकलाई ५ हजार युरो जरिवाना गरेको छ। यो जरिवाना इटालीमा सम्पन्न च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलसँग सम्बन्धित छ। सो खेल अतिरिक्त समयमा ४-३ ले बार्सिलोना पराजित भएको थियो। युइएफएको अनुसन्धानले दुवै खेलाडीले डोपिङ...

एएफसी यु–२० महिला एसियन कप छनोट :साउदी अरेबियामाथि नेपालको जित

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा साउदी अरेबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना जिवन्त राख्न सफल भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा अन्तिम मिनेटमा गरिएको सुक्रिया मियाँको निर्णायक गोल नेपालका लागि अत्यन्तै महत्वपूर्ण बन्यो। निर्धारित ९० मिनेट सकिन केही सेकेन्ड मात्र...

यू–२० महिला एसियन कप छनोट : साउदीविरुद्ध नेपाल पहिलो हाफमा गोल रहित रोकियो

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा साउदी अरेबियाविरुद्धको खेलमा नेपाल पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ। नेपालले पहिलो हाफमा केही राम्रो अवसरहरू पाए पनि गोलमा परिणत गर्न असफल रह्यो। खेलको ३६औँ मिनेटमा नेपालले पाएको पेनाल्टी अवसर गुमाउँदा अग्रता लिने मौका छुट्यो। नेपालकी फरवार्ड मिना...

एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल, ओमान र अफगानिस्तान एउटै समूहमा

काठमाडौँ, । सन् २०२६ मा साउदी अरेबियामा आयोजना हुने एएफसी यू-१७ एसियन कपको छनोट प्रतिस्पर्धाको ड्र सार्वजनिक गरिएको छ। छनोटका लागि पहिले नै ९ टोली स्वचालित रूपमा छनोट भइसकेका छन् भने बाँकी सात टोली छनोटबाट छानिने छन्। यसका लागि आज सातवटा समूहहरू बनाइएका छन् र प्रत्येक समूहको विजेता टोली प्रतियोगितामा स्थान बनाउनेछ। यस...

फिफा महिला वरीयतामा नेपाल हालसम्मकै उच्च स्थानमा

काठमाडौं, — नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै उच्च स्थान हासिल गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ महिला वरीयतामा नेपाल ८७औँ स्थानमा पुगेको छ। यसअघि १००औँ स्थानमा रहेको नेपाली टोलीले योपटक १३ स्थान सुधार गर्दै वरीयतामा उल्लेखनीय फड्को मारेको हो। नेपालले अघिल्लो कीर्तिमानी स्थान...

सुगमको गोलमा एनआरटी विजयी, सातदोबाटो अझै अंकविहीन

काठमाडौं, – एन्फा यू–१६ युथ लिग अन्तर्गत न्युरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ। मंगलबार एन्फा मुख्यालय, सातदोबाटोमा सम्पन्न खेलमा सुगम रानाले पहिलो हाफको अन्त्यतिर गरेको एक मात्र गोल नै निर्णायक सावित भयो। उनले खेलको ४४औँ मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाए र त्यही गोललाई जोगाउँदै...

नेपाल कराँते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले राजीनामा दिए

काठमाडौं, नेपाल कराँते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले साउन महिनाको दोस्रो साता राजीनामा दिएका छन् । करिब दुई वर्षअघि निर्वाचित भएका भट्टराईले आफ्ना व्यावसायिक व्यस्तताका कारण राजीनामा दिएको जनाएका छन् । उनले महासंघमा काम गर्ने क्रममा आफूलाई समय दिन सक्न नपाएको र त्यसैले पदबाट हट्ने निर्णय गरेको स्पष्ट पारेका छन् । ...

एमएफएन–१७ मा नेपाली फाइटर रवीन्द्र ढाट बेन्टामवेट च्याम्पियन

काठमाडौं — नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ (एमएफएन–१७) मा शानदार जित निकाल्दै बेन्टामवेट तौल समूहको च्याम्पियन बनेका छन्। शनिबार भारतको नोएडामा सम्पन्न फाइनल म्याचमा उनले भारतका शीर्ष वरीयता प्राप्त फाइटर चेग्रोन कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै उपाधि हात पारेका हुन्। रवीन्द्रले ‘लक एन्ड रोल एमएमए नेपाल’ टिमबाट...

संघर्षपूर्ण जितसहित मछिन्द्र क्लब दोस्रो स्थानमा उक्लियो

काठमाडौं — एन्फा यू–१६ युथ लिग अन्तर्गत आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ ले पराजित गर्दै मछिन्द्र क्लब दोस्रो स्थानमा उक्लिएको छ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको हो। मछिन्द्रको जितमा करन धामी, साइरस डंगोल र गोविन्द विकले एक–एक गोल गरे। हिमालयनका लागि जेनील सुब्बा र योगेन खत्रीले गोल...

नेपाल स्कुल फुटबल लिग साउन १७ देखि सुरु हुँदै

काठमाडौं, — थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी) को आयोजनामा नेपाल स्कुल फुटबल लिग यही साउन १७ गते (शनिबार)देखि सुरु हुने भएको छ। प्रतियोगितामा काठमाडौं उपत्यकाका आठ विद्यालयका यू–१८ टोलीले सहभागिता जनाउने छन्। आयोजक टीडीसीले नियमित अन्तरविद्यालय फुटबल प्रतियोगिता नहुँदा प्रतिभाशाली युवा खेलाडीहरू अवसरबाट वञ्चित हुँदै आएको भन्दै लिग सञ्चालन गर्न लागिएको...