प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ ।

स्वास्थ्यमा सुधार भएसँगै मङ्गलबार भेन्टिलेटरबाट हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  

थापाका अनुसार अहिले प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन कक्षमा राखेर उपचार हुँदैछ ।

प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने थापाले बताए । 
 

तपाईको प्रतिक्रिया