एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल, ओमान र अफगानिस्तान एउटै समूहमा

काठमाडौँ, । सन् २०२६ मा साउदी अरेबियामा आयोजना हुने एएफसी यू-१७ एसियन कपको छनोट प्रतिस्पर्धाको ड्र सार्वजनिक गरिएको छ।

छनोटका लागि पहिले नै ९ टोली स्वचालित रूपमा छनोट भइसकेका छन् भने बाँकी सात टोली छनोटबाट छानिने छन्। यसका लागि आज सातवटा समूहहरू बनाइएका छन् र प्रत्येक समूहको विजेता टोली प्रतियोगितामा स्थान बनाउनेछ।

यस ‘ड्र’ अनुसार कुल ३८ टोलीलाई सात समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘जी’ मा परेको छ, जहाँ नेपालसँगै आयोजक म्यानमार, अफगानिस्तान, सिरिया र ओमान रहेका छन्।

छनोट प्रतियोगिता आगामी २२ देखि ३० नोभेम्बरसम्म सञ्चालन हुने छ।

यस प्रतियोगिताले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया