चितवन २ मा रविको फड्को, तेस्रोबाट पहिलोमा उक्लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् । इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ ।

रास्वपाका प्रवक्ता डा.मुकुल ढकालका अनुसार दिउँसो २ः२५ सम्मको अपडेटमा रविले ४ हजार ७ मत प्राप्त गरेका छन् । एमालेका कृष्णभक्त पोखरेल दोस्रो स्थानमा झरेका छन् । उनको मत ३ हजार ८ सय ७९ छ । यसैगरि कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन् ।

ढकालले अहिले जारी मतगणनामा घन्टीलाई अत्यधिक मत आइरहेको बताए । अब रविले प्रतिस्पर्धीहरुसँग दुरी बढाउँदै विशाल अन्तरालले चुनाव जित्ने उनको भनाइ छ । अहिले कालिका नगरपालिकाको १ र २ को मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया