प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल दुई वर्षभित्र हुन्छ : विकास देवकोटा

प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल दुई वर्षभित्र हुन्छ ः विकास देवकोटा
सरकारले सबै प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी सबै सुविधा भएको अस्पताल दुई वर्षभित्र पूरा गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव विकास देवकोटाले इमेज च्यानलबाट प्रशारण हुने कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै सरकारले सबै अस्पतालमा आधारभूत व्यवस्थासहितको मानसिक स्वास्थ्य सम्बन्धी अस्पतालको संरचना बनाउन लागेको बताउनु भएको छ । सरकारले अब आगामी दुई वर्षभित्र यो काम पुरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । त्यस्तै मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिलाई पुनःस्थापना केन्द्रमा उचित व्यवस्थासहित राख्ने प्रबन्ध पनि मिलाउने भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले भन्नुभयो, अहिले भएका संरचनालाई थप सुधार गर्र्दैे पुनःस्थापना केन्द्रलाई अझ बढी व्यवस्थित गर्न लागेका छौं । कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै खतिवडाले भन्नुभयो, अब हामी सबै पुनःस्थापना केन्द्रको अनुगमन तीव्र पाछौं र आधारभूत मापदण्ड बनाएर कडाइका साथ पुनःस्थापना केन्द्रको अनुगमन गछौं, खतिवडाले भन्नुभयो सरकारी तह तथा विभिन्न संघसंस्थाले चलाउनु भएको पुनःस्थापना केन्द्रलाई एउटै मापदण्ड बनाएर अघि बढ्छौं ।

तपाईको प्रतिक्रिया