देशभर बाढी–पहिरो, कम्तिमा ४८ को मृत्यु, ३१ बेपत्ता

अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट बैतडीमा ४, सुनसरीमा २, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, पाँचथरमा ६, कालिकोटमा १, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएको पनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया