नेकपाका प्रकाश राईलाई २७९५ मतले पछि पार्दै धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी

सुनसरी – नेपाली काँग्रेसका उम्मेदवार तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका छन् ।  मतगणनको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ मतले पछि पार्दै तिलक विजयी बनेका हुन् । काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन् ।

तपाईको प्रतिक्रिया