प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीको एकैदिन छिनोफानो: यस्तो त अंकगणित

हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ । त्यति हुँदा पनि १२९ सिटमात्र हुन्छ । 

यदि २१ जनाले राजीनामा दिए भने एमालेको प्रतिनिधिसभामा १०० सिट हुनेछ । २१ जनाले राजीनामा दिएपछि प्रतिनिधिसभाको संख्या २४६ हुन्छ । त्यसको सामान्य बहुमत भनेको १२४ हो ।

कांग्रेस, माओवादीको ११० हुने भएकाले जसपाको उपेन्द्र बाबुराम पक्षले १४ जनामात्र सांसद आफ्नो पक्षमा राख्न सक्दा पनि बहुमत पुग्ने अनुमान प्रचण्ड–माधब–उपेन्द्र समुहको छ । राजीनामा दिन माधव पक्षका २२ जना नै प्रत्यक्ष निर्वाचित सांसद तयार हुन्छन् कि हुँदैनन् ? प्रष्ट भइसकेको छैन ।

माधव पक्षका प्रत्यक्ष निर्वाचित सांसद

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. हिराचन्द्र केसी

१८. झपट रावल

१९. भीमवहादुर रावल

२०. दिपकप्रकाश भट्ट

२१. राजबहादुर बुढा

२२‍. सुरेन्द्र पाण्डे

गण्डकी प्रदेशमा अंकगणित

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावलाई जनमोर्चाले पनि साथ दिने वचन दिएको छ ।

सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपा २, जनमोर्चा ३ र एक जना स्वतन्त्र सिट छ । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले अहिलेकै सरकारलाई समर्थन गर्ने बताइसकेका छन् । उनी १६ गते खेलकुद तथा युवामन्त्री नियुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयमा वैशाख २ गते मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भएको थियो । वैशाख १३ मा उक्त अविश्वास प्रस्ताव सभामा पेस भएर १५ गते मतदान गर्ने यसअघिको कार्यसूची थियो ।

तपाईको प्रतिक्रिया