भूमि आयोग खारेजीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं । नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भूमिहीनको जग्गा प्राप्ति गर्ने मौलिक अधिकार खोस्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेकी हुन् ।

पूर्वकमलरी चौधरी एमाले संसदीय दलको सचेतक पनि हुन् । उनले परमादेशद्वारा गठित सरकारले जमिनको मालिक बन्ने सपना बोकी बसेका भूमिहीन सुकुम्बासी र दलितहरूको छातीमा लात हानेको आरोप लगाएकी छन् ।

भूमिहीन सुकुम्बासी संगठनले विरोधपत्र बुझाउने, सुकुम्बासी बस्तिहरूमा जानकारी तथा जागरण कार्यक्रम गर्ने र साउन २४ गते सबै जिल्लामा विरोधसभा गर्ने भएको छ । आन्दोलनका अरु कार्यक्रम त्यसपछि तय हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया