संसद भवनदेखि मन्त्री निवास निर्माण : मन्त्रीलाई ‘स्विमिङ पुलदेखि फिटनेश सेन्टर’को सुविधा

विशेष भवन आयोजनाअन्तर्गत अहिले पाँचवटा आयोजना छन् । सिंहदरवारमा सङ्घीय संसद, बालुवाटारमा प्रधानमन्त्री निवास र कार्यालय, भैंसेपाटीमा सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्य मन्त्रीको आवास । गोदावारीमा तीन हजार क्षमताको सभाहल बन्दैछ । अहिलेको कार्यप्रगति कस्तो छ ? भवनहरु कस्ता बन्दैछन् ? यी भवनहरु कहिले सकिन्छन् ? यसै सन्दर्भमा इमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीसँग गर्नुभएको कुराकानीको मुख्य अंश :

सङ्घीय संसद भवनको निर्माण कति भयो र सङ्घीय संसदभित्र के के बन्दैछ ?
सिंहदरवारमा रहेको यस ठाउँलाई पुतली बगैंचा भनिन्छ । यही ठाउँमा अहिले संसद भवन बन्दैछ । यो १७३ रोपनी क्षेत्रफलमा १२ वटा भवन बन्दैछन् सुविधा सम्पन्न । यो पुरै संरचना दक्षिणतिर फर्किएको छ । राष्ट्रिय सभा, प्रतिनिधि सभा, सचिवालय, संसदीय दलको कार्यालय, भिआइपी कक्षहरु, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय सभाको कार्यालय पनि यही छ । सुरक्षा निकायको लागि र पार्किक, पार्टी कार्यालयको पनि भवन छ । ७ सय गाडी अटाउने पार्किङ पनि बन्दैछ । नवीन प्रविधि र राष्ट्रिय भवन सहिताको पुरा पालना भएको छ । र, नेपाली कला झल्कने भवन बन्दैछन् । २० प्रतिशतको ट्रागेट थियो । कोरोनाको कारणले अहिले १० प्रतिशत सम्पन भएको छ । यहाँ गुणस्तरको रुपमा कुनै कमजोरी छैन । १२ वटा ब्लकमध्ये ६ वटा ब्लकको काम सुरु भएको छ ।


सङ्घीय मन्त्रीहरुको निवास, प्रदेश प्रमुख र मुख्य मन्त्रीको निवास कस्तो बन्दैछ ?
९७ रोपनीमा संघीय मन्त्रीको निवास र राष्ट्रिय सभा र प्रतिनिध सभाको अध्यक्ष, उपाध्यक्षहितको गरेर २७ वटा निवास यहाँ भित्र बनिराखेको छ । स्वीमिङ, फिटनेसहितको सुविधा सम्पन्न भवनहरु बन्दैछन् । यी भवनहरुमा पनि नेपाली कला देखिने स्वरुपका भवनहरु बन्दैछन् । यो भूकम्प प्रतिरोधी छ । सातवटा प्रदेशको मुख्य मन्त्री र प्रमुखको लागि ७ वटा ब्लक छ । त्यसमा दुईवटा पाटेशन छ, एउटा ब्लकमा । ४० प्रतिशतको प्रगति लक्ष्य थियो । अहिले ३० प्रतिशतको प्रगति भएको छ ।
तीन हजार क्षमताको सिटी हल बन्दैछ गोदावारीमा । यो कस्तो बन्दैछ ?
तीन हजार व्यक्ति एउटै हलमा अट्ने हल बन्दैछ । यहाँ सानो अरु दुईवटा भवन पनि बन्दैछ । यहाँ ३ सय गाडी पार्किङ र मोटरसाइकल गरेर १८ सय गाडीको पार्किङसहितको भवन बन्दैछ । यो ५६ करोडको लगानीमा बन्दैछ । अहिले यसको ६५ प्रतिशत काम सम्पन्न भएको छ । माघ १ गतेसम्म यो सकिने लक्ष्य राखिएको छ ।
प्रधानमन्त्री निवास तथा कार्यालय निर्माण कति प्रतिशत सकियो र कहिलेसम्म सकिन्छ ?
बालुवाटारमा २ वटा भवन बन्दैछ । निजी आवासको भौतिक काम लगभग सकिएको छ । फिनिसिङको काम हुँदैछ । ६० प्रतिशतको काम सकिएको छ । यो २०७८ को असोजसम्म यो सकिने लक्ष्य छ ।
यी सबै आयोजना कहिले सकिन्छ त ?
दुई वर्षमा सबै आयोजना सकिन्छ । हाम्रो अलिक समय लाग्ने भनेको संसद भवन हो । त्यसको निर्माण २०७९ को कात्तिकसम्म सक्ने हाम्रो लक्ष्य छ र त्यो हामी सम्पन्न गछौं । बाँकी २०७८ को दशैसम्म अरु भवनहरु सकिन्छन् र चालु अवस्थामा ल्याउन सकिन्छ ।

तपाईको प्रतिक्रिया