यू–२० महिला एसियन कप छनोट : साउदीविरुद्ध नेपाल पहिलो हाफमा गोल रहित रोकियो

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा साउदी अरेबियाविरुद्धको खेलमा नेपाल पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ।

नेपालले पहिलो हाफमा केही राम्रो अवसरहरू पाए पनि गोलमा परिणत गर्न असफल रह्यो। खेलको ३६औँ मिनेटमा नेपालले पाएको पेनाल्टी अवसर गुमाउँदा अग्रता लिने मौका छुट्यो। नेपालकी फरवार्ड मिना देउवाको प्रहार गोलपोस्टको बायाँ पोलमा लागेर फर्किएको थियो।

नेपाल समूह ‘ए’मा रहेको छ, जहाँ उसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्।

तपाईको प्रतिक्रिया