‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो’- स्वास्थ्य मन्त्री ढकाल

१० अक्टोवर विश्व मानसिक स्वास्थ्य दिवस हो । यसै सन्दर्भमा इमेच च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग गर्नुभएको कुराको सारसंक्षेप

हामी अहिले निरोगी नेपाल बनाउने अभियानमा छौं । मान्छे बिरामी भएपछि अस्पताल जाने एउटा बाध्यात्मक परिस्थिति हो । त्यसकारण अहिले निरोगी नेपाल बनाउँने अभियान सरकाले चलाएको छ । कोभिड १९ ले अहिले नेपाल मात्र नभएर विश्व नै प्रताडीत छ । जसमा ठूला राष्ट्रले पनि ठूलो क्षती बेहोरनु परेको छ । हामीले हाम्रो सामथ्र्यले सकेको गरेका छौं र उपलब्धि पनि हामी सन्तोषजनक रुपमा गरेका छौं । यसमा सबैको सहयोग र साथले नै हामी यस विन्दुमा छौं । हामी यसको नियन्त्रण र न्यूनीकरणको लागि सक्दो प्रयास गरेका छौं । हामीलाई लाग्छ कोरोनालाई मानव जातिले जित्ने छ र हामी पुरानै अवस्थामा फर्कने छौं ।
यसले मानिसको मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारेको छ । मानिस यसबाट डिप्रेशनमा जाने समस्या बढ्दै गएको छ । अहिले नेपालको ३० प्रतिशत जनताले कुनै न कुनै रुपमा मानसिक स्वास्थ्यको समस्या बेहोरेका छन् । नेपालमा १० प्रतिशत त मानसिक स्वास्थ्यको गम्भीर अवस्थामा हुनुहुन्छ । हामी यसको समाधानको निम्ति प्रयासहरु गर्दैछौं । हामी यस क्षेत्रमा भर्खर पाइला चालेका छौं । अब केन्द्रदेखि प्रदेशस्तरमा पनि हामी मानसिक स्वास्थ्यसम्बन्धी अस्पताल बनाउँछौं । अहिले स्वास्थ्य मन्त्रालयअन्तर्गत एउटा शाखा छ । त्यो पर्याप्त छैन । यसले देशभरको मानसिक स्वास्थ्यको समस्यालाई समाधान गर्न सक्दैन् । यसकारण हामी अब रणनीति बनाएर अगाडि बढ्दै छौं । रणनीति २ महिनाभित्र हामी ल्याउँछौं । र, त्यसले परिकल्पना गरेअनुसार हामी अगाडि बढ्छौं । सबैभन्दा पहिला हामी स्वास्थ्य मन्त्रालयअन्तर्गत हामी मानसिक स्वास्थ्य महाशाखा बनाउँछौं । बजेटको पनि अभाव उत्तिकै छ । अब आगमी बजेटमा हामी मानसिक स्वास्थ्यलाई ध्यानमा दिएर बजेट पनि बढाउँछौं । ७७ वटै जिल्लामा तालिम र जनचेतना समुदायसम्म पु¥याउँन हामी प्रतिबद्ध छौं । यो मानसिक स्वास्थ्यको उपचार कुनै सर्जिकल विधिबाट गर्न सकिने कुरा होइन । यो त मनको समस्या हो । त्यसकारण हामी यसको लागि चाहिने सबै प्रबन्ध मिलाउन प्रतिबद्ध छौं । प्रधानमन्त्रीले पनि हामीलाई निर्देश गर्नुभएको छ । हामी सरकारको निरोगी नेपाल बनाँउने अभियानमा तीव्र रुपले अगाडि बढ्दै छौं । मलाई एउटा गीतको याद छ, यसपालित मनै फाट्यो के ले सिउने के ले टाल्ने हो भन्ने । अब हामी फाटेको मनलाई टाल्ने प्रयास अगाडि बढाउँदै छौं ।

तपाईको प्रतिक्रिया