नेपालमा पहिलो पटक कर्णाली प्रदेशले गर्यो,१७ लाख ७० हजार जनताको ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका १७ लाख ७० हजार जनताको सामूहिक विपद् दुर्घटना बीमा कार्यक्रम संचालन गरेको छ । प्रदेश सरकारले सम्पूर्ण कर्णालीवासी नागरिकका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँगको सम्भौतामा ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’ गरेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले इमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलसँगको कुराकानीमा भन्नुभयो, ‘कठिन भूगोल भएको कर्णालीका जनतालाई सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले प्रत्येक नागरिककाको सामूहिक बीमा गरेको हो।’

‘बाढी, पहिरो, चट्याङबाट हुने मानवीय तथा भौतिक क्षतिलाई सम्बोधन गर्न सरकारले नागरिक सुरक्षार्थ यो कार्यक्रम ल्याएको हो । सरकार सधैँ नागरिकको नजिकमा रहेर उनीहरुको दुःख सम्बोधनलाई सम्बोधन गर्छ’, मुख्यमन्त्री शाहीले भन्नुभयो । प्राकृतिक विपद्ले नागरिकमा ल्याउने दुःखको सरल र यथोचित सम्बोधन गर्ने उद्देश्यले सरकारले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

अग्नि, भूकम्प, बाढी÷जलमग्न, पहिरो÷जमीन धसिने वा भासिने, हुरीबतास तथा आँधीबेहरी, असिना, चट्याङ, हवाईजहाजबाट हुने क्षतिबापत बीमा प्रदान गरिने जनाइएको छ । सरकार र कम्पनीबीचको सम्झौता भएबमोजिमको मितिदेखि एक वर्षको बीमा प्राप्त अविध हुनेछ र फेरि दुवैको सहमतिमा पुनःनवीकरण गरिनेछ ।

तपाईको प्रतिक्रिया