दुई महिनाभित्र स्वास्थ्य नीति ल्याउँदै गण्डकी प्रदेश सरकार


गण्डकी प्रदेश सरकारले स्वास्थ्य नीति अबको दुई महिनाभित्र ल्याउने भएको छ । कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोद विन्दु शर्माले अब बढीमा दुई महिनाभित्र स्वास्थ्य नीति आउँछ, त्यसमा स्वास्थ्यका सबै विषयलाई गम्भीरताका साथ समेटेका छौं । विशेषगरी मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकताका साथ राखेका छौं, शर्माले भन्नुभयो, मानसिक स्वास्थ्यका निम्ति आवश्यक पर्ने जनशक्ति तथा समाजमा रहेको नकारात्मक दृष्टिलाई हटाउन पनि अभियान थालनी गरेका छौं, यसलाई अझै बढाउँदै लान्छौं । त्यस्तै उहाँले अब गण्डकी प्रदेशका ९ वटा जिल्ला अस्पतालमा कम्तिमा ३० बेड संख्याको मानसिक स्वास्थ्य उपचारका लागि अन्तरंग-बहिरंग सेवा समेत सुचारु गरिने बताउनु भयो । कार्यक्रम टक अफ द टाउनले एक वर्ष अगाडि गरेको प्रतिबद्धता पूरा भएन नि भन्ने प्रश्नमा डाक्टर शर्माले भन्नुभयो, हामीले सोचेको भन्दा बढी गरेका छौं । यसको जस तपाईंहरुले गण्डकी प्रदेशलाई दिनु पर्छ । कार्यँक्रको पूरा भाग यहाँ हेर्न सक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया