विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार

नेपाल बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपको उच्च जोखिमा रहेको मुलुक हो । नेपाल यस्ता विपद्बाट सधैँ उच्च जोखिममा हरेका छ । यहाँको भौगोलिक बनावट अनुसार विभिन्न क्षेत्रमा विपद्का प्रकृति पनि फरक फरक छन् । पहाडी र हिमाली भेगमा पहिरो, हिम पहिरो, तराईमा बाढी, शितलहर, आँधीह्री तथा आगलागीका विपद्को सामना गरिरहनु परेको छ । नेपालमा भूकम्पको सधै उच्च जोखिममा रहेको मुलुक हो । प्रत्येक वर्ष कुनै न कुनै रुपमा प्राकृतिक प्रकोपले मानवीय तथा धनजनको ठूलो क्षति पु¥याउँदै आएको छ । यसलाई न्यूनीकरण तथा व्यवस्थापन गर्न अहिले सरकार तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रम ल्याएका छन् तर पनि आशातित रुपमा त्यसको परिणाम आउन सकेको छैन ।
नेपालमा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि युएसएडको सहयोगमा आइओएमले परिवर्तन परियोजना अन्तर्गत ७ सय २ वटा पालिकामा यो परियोजना लागु गरेर कार्यक्रम सम्पन्न गरेको छ । हरेक स्थानीय तहमा परियोजनाले परिवर्तनका आशा देखाएको छ । पहिले स्थानीय तहसँग कुनै जनशक्ति थिएनन् । कसैले पनि विपद्को तालिम लिएका थिएनन् । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग मिलेर परिवर्तन परियोजनाले देशका ७ सय २ पालिकामा तालिम सञ्चालन ग¥यो । परियोजनाले पालिकास्तरमा क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोग गरेको छ । अहिले परियोजना लागु भएका पालिकामा विपद्सम्बन्धी ऐन बनेको छ, विपद्का लागि पालिकाले बजेटको व्यवस्था गर्न थालको छन् । स्थानीय जनतामा जागरण आएको छ । यसले विपद्को जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याएको छ । यसै सिलसिलामा परिवर्तन परियोजनाले आफ्नो पाँच वर्षको कार्यक्रम सम्पन्न गरेको छ । तीनवटै तहका सरकारले देखिनेगरी परिवर्तन ल्याएका छन् । केन्द्रमा नियमावली बनेको छ, स्थानीय पालिकामा विपद् व्यवस्थापन शाखा बनेका छन्, समुदायमा विपद्का लागि तालिम लिएका जनशक्ति तयार भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले यस परियोजनाबाट विपद् जोखिम तथा न्यूनीकरणका लागि स्थानीयकरण गर्न सफल भएको बताउनु भएको थियो । उहाँले भन्नु भयो–कर्मचारीको क्षमता विकास गराउन यस आयोजनाले निकै ठूलो भूमिका खेलेको छ । त्यसैगरी आइओएमका चिफ अफ मिसन लोरेना ल्यान्डोले नेपाल बाढी, पहिरो, भूकम्प लगायतको प्राकृतिक विपद्को उच्च जोखिमा रहेको भन्दै तीन तहका सरकारसँग सहकार्य गरेर यसको जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा यो परियोजना लागु गरेको बताउनु भयो । उहाँले भन्नु भयो, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा परियोजनालाई सही बाटोमा अघि बढाउन सफल भएका छौं र यसलाई निरन्तर अगाडि बढाउने छौं । यस्तै विपद् व्यवस्थापनका क्षेत्रमा लामो समय क्रियाशील रहनु भएका विपद्विज्ञ तथा पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ल्याउन यस परियोजनाले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नु भयो । यस्तै प्रदेश तथा स्थानीय तहका प्रतिनिधिले परिवर्तन परियोजनाबाट प्राविधिक सहयोग तथा तीनैवटा तहका सरकारसँग सहकार्य र समन्वय गर्ने यस परियोजनाले धेरै ठूलो भूमिका खेलेको बताएका थिए ।
यस्तै युएसएआडीका डेपुटी मिसिन डाइरेक्टर करेन वेल्चले पहिरो, बाढी, भूकम्प जस्ता प्रकोपको जोखिम न्यूनीकरण तथा व्यवस्थापन नेपालका लागि महत्वपूर्ण भएको बताउनु भएको थियो । उहाँले भन्नु भयो, जोखिम न्यूनीकरण, विपद्सम्बन्धी नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्नका लागि नेपाल सरकार तथा आइओएमसँग सहकार्य गर्न युएसएआइडी प्रतिबद्ध त । परिवर्तन परियोजना मार्फत स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सीप तथा तालिमहरुको निरन्तर सहयोग भइरहेको छ । हामी स्थानीय नेतृत्व मार्फत नै काम गर्छौं र स्थानीय तवरमा नै समाधान खोज्छौं र हामी निरन्तर सहकार्य गर्छौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले यस परियोजनाले स्थानीय तहमा देखिनेगरी परिवर्तन ल्याएको बताउनु भएको थियो । उहाँले भन्नु भयो, सरकारले गर्नु पर्ने कामका लागि तयार छ, हामी सबैसँग मिलेर काम अगाडि बढाउँछौं ।

कार्यक्रमको हेर्नलाई यहाँ क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया