छाउगोठमा निसासिएर २१ वर्षिया किशोरीको मृत्यु

अछामकाे साँफेबगर नगरपालिका ३ की २१ वर्षिया पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा निसासिएर मृत्यु भएको छ । प्रहरीका अनुसार शरीरमा कुनै चोटपटक नभएकोले बन्द छाउगोठमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिहान साढे ७ बजेसम्म नउठेपछि उनका जेठाजु उठाउन गए। नबोलेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा फेला फरेको हो।’ पार्वतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने तयारी भैरहेको छ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला छाउगोठमा ज्यान गएको हो।

news source kantipur

तपाईको प्रतिक्रिया