एक हजार परिवारलाई लालपुर्जा

काठमाडौँ, माघ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिविहीनलाई लालपुर्जा वितरणको काम पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिका–१ र २ मा लालपुर्जा वितरण कार्यक्रममा श्रेष्ठले २०२१ यता नापी हुँदा गाउँब्लकका रूपमा थन्किएका लालपुर्जा वितरणलाई प्राथमिकतासाथ अघि बढाएको बताउनुभयो । उहाँले एक वर्षमा लालपुर्जा वितरण गरिसक्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जमिन भएर पनि लालपुर्जा नहुँदा भूमिविहीन भएका नागरिकको समस्या समाधान गर्न सरकारले काम थालेको छ ।”मन्त्री श्रेष्ठको सचिवालयका अनुसार सिरहाका एक हजार परिवारलाई बुधबारदेखि शुक्रबारसम्म लालपुर्जा वितरण गरिसक्ने कार्यक्रम छ । श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नुभएको छ । गोरखापत्र

तपाईको प्रतिक्रिया