रामकुमारी झाँक्रीप्रति गोकुल बास्कोटाको व्यङ्ग्य : मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो

काठमाडौं । पूर्व मन्त्री गोकुल बास्कोटाले २४ लाख डोज खोप गायब हुँदा र देशको सिमानामा विदेशीले एकलौटी सडक बनाउँदा बिगतमा केपी ओली सरकारलाई प्रश्न गर्ने नेताहरु बेपत्ता भएको टिप्पणी गरेको छ । बास्कोटाले व्यंग्य गर्दै भनेका छन्– एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो ९ कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ।धन्य, हाम्रो अग्रगामी सरकार १ तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बांचेको छ।

सरकारका सचिवले नै २४ लाख खोप गायब भएको स्वीकार गरेका छन् भने १ करोड डोज केपी ओली सरकारकै पालमा आएको खोप समेत सरकारले भण्डारण गरेर राखेको छ ।

विगतमा ओली सरकारविरुद्ध कमलपोखरीको माटोको टीका लगाएर माइतीघर मण्डलाबाट सरकार चलाउन सिकाउनेहरु अहिले परमादेशी सरकारको मतियार बनेको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया