प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् ।

नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी गएको स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले गत साता ग्राण्डीमा मिर्गौलाको डायालासिस गराएका थिए। गत कात्तिक १३ गते र १४ गते प्रधामन्त्री ओलीको दुई पटक डायलासिस भएको थियो। पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा भइरहेको छ । डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया