भिम रावललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने, पार्टी भित्र नयाँ नयाँ कविहरु जन्मिए

पार्टीनिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा भिम रावललाई व्यङ्ग्य गर्दै उनेले भने, राष्ट्रिय सभामा नेकपाले दुई सदस्य जित्ने ग्यारेन्टी गर्न राष्ट्रिय जनता पार्टीसँग सहमति गर्दा पार्टीकै एकथरी नेताले रोइकराइ गरेको र त्यस्तो विरोध आपत्तिजनक रहेको बताए । ‘बालुवाटारबाट कालो धूवाँको मुस्लो निस्कियो रे …’ कविहरू पनि नयाँ नयाँ खालका निस्किएका छन् । अचम्म अचम्मका कविता,’ उनले भने । नेता रावलले बालुवाटारमा राजपासित सुटुक्क सहमति गरेकामा विरोध गर्दै नेकपाको स्थायी कमिटी बैठकमा कविता सुनाएका थिए ।

तपाईको प्रतिक्रिया