अमेरिकामा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ६ पुग्यो

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । वासिङ्टनमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । कोरोनाको संक्रमण देखिएपछि वासिङ्टनमा आपतकालिन स्थितिको घोषणा गरिएको छ ।
यसअघि अमेरिकामा कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको पुष्टी भएको थियो । अनुसन्धानकर्ताहरुले अमेरिकामा १ हजार ५ सय मानिसमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने आशंका गरेका छन् । अमेरिकामा हालसम्म पाँच राज्यमा कोरोनाभाइरसका संक्रमितहरू भेटिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया