ओलीलाई मनाउन हड्ताली वकिल बालकोट जाँदै

करीव डेढ महिनादेखि प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित हडताली न्यायाधीश समूहका सहयोगी वकिलहरुले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

बार पदाधिकारीले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउन दबाब दिइरहेका छन् । एमालेलाई पनि महाअभियोगमा मनाउन बार नेतृत्वले अध्यक्ष ओलीसँग भेट्न लागेको हो ।

एमाले सहमत नभएसम्म महाअभियोग पारित नहुने र प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले महाअभियोग लगाएमा एमालेले परमादेश जारी गर्ने अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग लगाउने निश्चित रहेकाले ओलीसँग बारको भेटलाई अर्थपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया