६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन

विपद् ब्यवस्थापनमा ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उल्लेख्य काम गरेको पाइएको छ । आपतकालिन केन्द्र संचालन, विपद्को स्थितिमा बस्नका लागि ठाउँठाउँमा भवन निर्माणदेखि स्वयंसेवक तयार गर्ने काम महानगरपालिकाले गरेको छ । ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको स्थलगत अध्ययन तथा कुराकानीकोक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अहिले भइरहेका काम र भविष्यका योजनाबारे जानकारी गराउनु भएको हो । मेयर शाक्यका अनुसार आपतकालिन केन्द्र स्थापना र संचालन गरिएको छ, जहाँ आवश्यक सामाग्रीको जोहो पनि गरिएको छ । यस्तै, ललितपुरका तीन ठाउँमा कम्तिमा ३० हजार क्षमताका पानी ट्यांकी निर्माण गरिएको छ, जसको उद्देश्यले आगलागीजन्य विपद्मा तत्काल प्रयोग गर्न सकियोस् भन्ने हो ।
यसबाहेक ललितपुर महानगरपालिकाले दक्षिणी भेग खोकना, बुङ्गमती लगायतमा सामूदायीक भवन निर्माण गरिएको जानकारी पनि दिनुभयो । यस्ता भवनहरु अरुबेला सामूहिक छलफलका केन्द्रको रुपमा रहनेछन् भने विपद्को स्थितिमा सर्वसाधारणलाई ओत लाग्ने ठाउँको रुपमा । मेयर महर्जनले ललितपुर महानगरपालिका भवन निर्माण मापदण्ड लागु गर्ने देशकै पहिलो नगरपालिका भएको उल्लेख गर्दै भवन निर्माण संहितालाई कडाइकासाथ लागु गरिएको वताउनुभयो । भवन निर्माणसंहितलाई कडाइकासाथ लागु गरेका छौ, मापदण्ड विपरितका घर संरचना भत्काउने विषयमा भने कार्यपालिका बैठकबाट निर्णय लिनेछौ मेयर महर्जनले भन्नुभयो ।
मेयर महर्जनका अनुसार पोखरीको संरक्षण र पुनर्निमाणमा पनि उल्लेख्य प्रगति हासिल भएको छ । पिम्बहालमा त डुंगा शयर समेत गर्न सकिने गरी पोखरी पुनर्निमाण गरी संचालनमा ल्याइएको छ । यस्तै पाट दरबार क्षेत्रमा क्षेत्रमा भिमसेनको मन्दीरबाहेक अरु पुनर्निमाणका काम सकिएका छन् । भिमसेन मन्दीरको पुनर्निमाण सकिन केही समय लाग्ने भएपनि अरु पुनर्निमाणको काम सकिएको जानकारी दिँदै मेयर महर्जनले सम्पदाहरु पुरानै र मौलिक शैलीमा नै पुनर्निमाण गरिएको वताउनुभयो । विपद् कोषमा महानगरपालिकाले ५० लाख रुपैया राखेको र प्रत्येक वर्ष ५० लाख रुपैया थप गर्दै जाने ब्यवस्था गरिएको मेयर महर्जनले जानकारी दिनुभयो । यस्तै वडाहरुमा हाल कम्तिमा एकलाख रुपैया विपद् ब्यवस्थापन कोषमा रहेको भन्दै उहाँले प्रत्येक वर्ष यसलाई बढाउँदै लगिने वताउनुभयो ।

तपाईको प्रतिक्रिया