प्रधानमन्त्री ओली अप्रेशन थियेटरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यरोपणका लागि अप्रेशन थियेटरमा लगिएको छ । 

शिक्षण अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली प्रफुल्ल मुद्रामा अप्रेशन थियेटर पुगेका छन् । अप्रेशनका लागि करिब चार घन्टा लाग्ने आकलन गरिएको छ । अप्रेशन पछि प्रधानमन्त्रीलाई पोष्ट अपरेटिभ वार्डमा लगिनेछ । पोष्ट अपरेटिभ वार्डमा प्रधानमन्त्रीका लागि विशेष व्यवस्था
मिलाइएको छ ।

अप्रेशनको केही घन्टापछि प्रधानमन्त्रीलाई होस आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया