विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले ओलीलाई भने- ‘सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रस्ताव प्रस्तुत गर्न सुरु गरेका हुन् ।नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेस गर्नुहुने प्रावधान छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन्।‘सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन,’ प्रचण्डले भने,‘तर संसदको पहिलो बैठकमा नै संसद विघटन ठिक थियो भनेपछि तत्कालीन गठबन्धनमा अविश्वासको वातावरण सिर्जना भयो।’ संसद् विघटनलाई सर्वोच्च अदालतले पनि दुई पटक असंवैधानिक भनिसकेको उल्लेख गर्दै संवैधानिक निरूपण भइसकेको अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्रै बढाएको उनको भनाइ छ।

अहिले प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत मागिरहनु भएको छ ।

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

तपाईको प्रतिक्रिया