एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले  मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग भने, ‘नेपालको विकासका लागि पूर्ववर्ति सरकारहरूको पालामै एमसीसी अगाडि बढेको हो । सरकार र एमसीसी परियोजनाको बीच धेरै वर्षअघि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व हो ।’एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको प्रष्ट्याए । मन्त्री खाणले भने, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित यो परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो ।’

तपाईको प्रतिक्रिया