देउवाले नैतिकताको आधारमा राजीनामा दिउँन्, नत्र विशेष महाधिवेशन बोलाइनेछ-गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

एमाले-माओवादी नेतृत्वको नयाँ समीकरण बनेसँगै नेता घिमिरेले ट्वीटमार्फत देउवालाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन भनेका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका छन् ।

गठबन्धन गलत भन्दाभन्दै किन गरियो ? भन्ने प्रश्न गर्दै घिमिरेले लेखेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।’

Gururaj Ghimire

@ghimire_gururaj

ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।

तपाईको प्रतिक्रिया