मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पनि केयूकेएलको वितरण फितलो, दिसाजन्य लेदो व्यवस्थापनका लागि के गर्दैछन् सरोकारवालाहरु !


काठमाडौको उपत्यकाको जनसंख्या हेर्दा दैनिक ३० करोड लिटर पानीले पुग्नुपर्ने अवस्था भए पनि अझै काठमाडौ उपत्यकाको कतिपय स्थानमा खानेपानीको हाहाकार छ । अहिले पनि केयूकेएलले वितरण गर्ने पानीमा अनुमानित ४० प्रतिशत चुहावट भईरहेको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार काठमाडौ उपत्यकामा खानेपानी माग दैनिक प्रति दिन साढे ४३ करोड लिटर छ । हाल मेलम्ची खानेपानीबाट दैनिक १७ करोड लिटर र केयूकेएलले आफ्नै स्रोतहरुबाट १२ करोड लिटर गरी प्रति दिन २९ करोड लिटर पानी वितरण गरिरहेको छ । मेलम्चीबाट पानी उपलब्ध हुँदा पनि किन वितरण सहज भएन ? यस विषयमा कार्यक्रम टक अफ द टाउनमा कुरा गर्दै खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्री र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणाले व्यवस्थापनकै कारण खानेपानी वितरण फितलो भएको छ बताउनु भएको छ । यस्तै दिसाजन्य लेदो व्यवस्थपनका लागि खुला दिसामुक्त अभियानजस्तै अब नयाँ कदम चाल्न आवश्यक रहेको सहसचिव खत्रीले बताउनु भयो, उहाँले भन्नु भयो, अब यो अभियानलाई तीब्रता दिन जरुरी छ । यसका लागि मन्त्रालय र सम्बन्धित निकाय अगाडि बढेको छ । यस्तै व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राणाले, बोर्ड खानेपानीमा मात्रै नभएर सरसफाइका क्षेत्रमा पनि काम गरेको बताउनु भयो । सीवाइज (CWIS) लाई अब प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्छ । यसमा सबैसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने उहाँहरुको भनाइ थियो ।

तपाईको प्रतिक्रिया