चार करोड लगानीमा सामुहिक भैंसी पालन, दैनिक आठसय लिटर दूध

दमौली, साउन ८ गते । व्यास नपा–१ हाईस्कुलटारमा चार करोड रुपियाँको लगानीमा सामुहिक भंैसीपालन गरिएको छ । सोही वडाका चार जना मिलेर सेती मादी नदिको किनारको जग्गामा जलबाराही पशुपन्छी फार्म सञ्चालन गरि दुई वर्ष अघिबाट भंैसी पालन गरेका हुन् ।
दुई वर्ष अघि सुरु गरिएको उक्त फार्ममा अहिले साना–ठूला गरि ११२ वटा भैसी रहेका छन् । ति मध्ये आधाले दूध दिन्छ भने २१ व्टा भदौ भित्रमा ब्याउने छन् । हाल बिहान बेलुकी गरि दैनिक आठ सय लिटर दुध उत्पादन हुने फर्म सन्चालक शर्मिला अधिकारीले बताउनु भयो ।
भंैसी पालनमा सबै आफन्तहरु संलग्न भएको अधिकारीले बताउनुभयो । यसो गर्दा सबैमा आत्मियता र अपनत्वको भावना जाग्ने अधिकारीले बताउनुभयो । भंैसी पालनमा जग्गा सहित चार करोड लगानी पुगिसकेको छ । भंैसी खरिद र गोठ तथा अन्य भौतिक पूवर्धार निर्माणकोलागि मात्रै २ करोड ८० लाख रुपैयाँ लगानी भएको अधिकारीले बताउनु भयो ।
अधिकारीका श्रीमान् भने हाल बैदेशिक रोगजारीको क्रममा दुबईमा हुनुहुन्छ । श्रीमान बिदेशमा भए पनि आफु घरमा त्यसै बस्नु हुँदैन भन्ने ठानेर आफन्तहरुलाई सहमत गराई भंैसी पालनमा लागेको उहाँले बताउनुभयो । फार्मका अर्का सन्चालक कृष्ण भन्डारीले दूध विक्रीबाट दैनिक ८० हजार रुपियाँ आम्दानी हुने बताउनुभयो । सबै दूध फार्मबाट नै विक्री हुने भण्डारीले बताउनुभयो । ‘विहान ५ नबज्दै स्थानीय बासिन्दाहरु द्यूध लिन फार्ममा आईसक्नु हुन्छ ।’ भन्डारीले भन्नुभयो ‘शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई दमौली बजारबाट समेत दूध लिन आउनु हुन्छ ।’ अहिलेसम्म आफूहरुले बाहिरको डेरीलाई दूध विक्री गर्नु नपरेको भण्डारीले बताउनु भयो ।
भैंसी पालनमा यती धेरै लगानी भईसके पनि कुनै पनि तहको सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाईएको अधिकारीले बताउनुभयो । अनुदानकोलागि प्रदेश र संघ सरकारमा फारम भरेपनि अहिलेसम्म कोही पनि अनुगनम तथा निरीक्षणको लागि नआएको उहाँले बताउनुभयो । ‘हुन त राज्यले अनुदान देला भनेर भंैसी पालन गरेको हैन’ अधिकारीले भन्नुभयो ‘तर पनि दुई चार वटा मात्र भंैसी पाल्नेले पनि अनुदान लिएको सुनिन्छ तर हाम्रो यती ठूलो फार्ममा अहिलेसम्म सरकारका मान्छेहरु हेर्न सम्म आएका छैनन् ।’
भैसीको लागि दाना र चोकरहरु सबै चितवनबाट ल्याउने भन्डारीले जानकारी दिनुभयो । दैनिक १५ बोरा भुस्सा र चार बोरा दाना खपत हुने उहाँले जानकारी दिनुभयो । भैसीलाई खुवाउनका लागि व्यास नपा १३ को पोखरीभन्ज्याङमा २३ रोपनी र व्यास नपा १० को निर्बुमा ४५ रोपनी जग्गामा घाँस खेती गरिएको छ । भंैसीबाट निस्कने मल मुत्र कृषकले सुन्तला र कागती खेतीकोलागि लैजाने गरेका छन् ।

प्रकाशचन्द्र भट्टराईले समाचार गोरखापत्रमा लेख्नु भएको छ ।

तपाईको प्रतिक्रिया