खरीपाटी पुराइयो चीनबाट ल्याइएका नेपालीलाई

काठमाडौं । चीनको हुबेई प्रान्तको वुहान तथा अन्य केही सहरबाट ल्याइएका एकसय ७५ जना नेपालीलाई त्रिभुवन विमानस्थलबाट भक्तपुरको खरीपाटी लगिएको छ । 

नीहरुलाई खरीपाटीमा बनाइएको क्वारेन्टाइनमा १४ दिन राखिनेछ । १५ औं दिन उनीहरुलाई घर पठाइने छ । 

विमानस्थलबाट खरीपाटीसम्म उनीहरुलाई ६ वटा बसमा लगिएको हो । ती बसलाई प्रहरी सुरक्षा घेराभित्र लगिएको हो । बीचमा कतै पनि नरोकिने, कोही पनि यात्रु उत्रन नसक्ने व्यवस्था सहित बसलाई खरीपाटी पुराइएको छ । 

विमानस्थलबाट बाहिरिनु अघि नै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । विमानस्थलमा उनीहरुको जाँचका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालित गरिएको थियो । 

क्वारेन्टाइनमा उनीहरुको निरन्तर स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिएको छ । 

उनीहरुको साथमा ल्याइएका दुई विदेशीलाई पनि खरीपाटी नै लगिएको छ ।

तपाईको प्रतिक्रिया