एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफको भिडन्त साउदीको अल–नासरसँग

काठमाडौँ । राष्ट्रिय महिला लिगको च्याम्पियन नेपाली विभागीय टोली एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा साउदी अरेबियाको अल–नासर क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार एपीएफ समूह ‘बी’मा परेको छ, जहाँ साउदीको अल–नासरसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स र उज्वेकिस्तानको पीएफसी नासफ पनि...

फिफा क्लब विश्वकप २०२५ : क्वार्टरफाइनलमा स्थान बनाउने आठ टोली सार्वजनिक

काठमाडौं — अमेरिकाका विभिन्न सहरमा जारी फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार राति र बिहीबार बिहान सम्पन्न खेलहरूसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो। स्पेनिस क्लब रियाल मड्रिडले इटालियन क्लब युभेन्ट्समाथि १–० को जित निकाल्दा, जर्मन क्लब बोरुसिया डर्टमन्डले मेक्सिकोको मोन्टेरीलाई २–१ ले पराजित गर्‍यो। यो जितसँगै...

नेपाल सेमिफाइनलमा, मलेसियासँग प्रतिस्पर्धा हुने

काठमाडौं — एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार क्वालालम्पुरमा सम्पन्न समूह 'ए'को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित यात्रालाई कायम राखेको हो। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको...

२०औं एसियाली खेलकुदका लागि नेपालबाट ३० खेल दर्ता, समन्वय अभावमा मन्त्रालयप्रति असन्तुष्टि

काठमाडौं — आगामी सेप्टेम्बरमा जापानमा हुने २०औं एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ३० वटा खेल दर्ता भएको जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत कमिटीले असार १६ गतेसम्मको समयसीमाभित्र ३० खेलहरू दर्ता गरिएको जानकारी दिएको हो। एनओसीका महासचिव राजीव श्रेष्ठका अनुसार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई...

सावित्रा भण्डारीलाई नेपाली महिला फुटबल टिमको कप्तानी जिम्मेवारी

काठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानी जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) लाई सुम्पिएको छ। नयाँ मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले आइतबार एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलअघि सावित्रालाई कप्तानको जिम्मेवारी दिँदै टोलीको पहिलो रोजाइ घोषणा गरेका हुन्। यसैसँग सावित्रा महिला फुटबल टिमको इतिहासमा कप्तानी गर्ने १२औँ खेलाडी बनेकी छन्। लाओसविरुद्ध हुने...

‘पब्जी मोबाइल क्याम्पस क्लब नेपाल २०२५’ को उपाधि वेस्टमिन्स्टर कलेजलाई

काठमाडौं — पहिलोपटक आयोजना गरिएको क्याम्पसस्तरीय ई–स्पोर्ट्स प्रतियोगिता ‘पब्जी मोबाइल क्याम्पस क्लब नेपाल (PMC Nepal) २०२५’ को उपाधि द वेस्टमिन्स्टर कलेजले जितेको छ। पब्जी मोबाइल नेपालले आयोजना गरेको प्रतियोगितामा वेस्टमिन्स्टर कलेजले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धी कलेजहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो। प्रतियोगिताको ग्रान्ड फाइनल काठमाडौंस्थित द ब्रिटिस कलेजको सभाहलमा सम्पन्न...

फिफा क्लब विश्वकप २०२५ : अन्तिम–१६ मा स्थान बनाएका १४ टोली सार्वजनिक

काठमाडौं, असार १२ – अमेरिकी विभिन्न शहरमा जारी फिफा क्लब विश्वकप–२०२५ मा हालसम्म अन्तिम–१६ चरणमा स्थान बनाउने १४ टोली टुंगो लागेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसपटक क्लब विश्वकपलाई फरक ढंगले, ३२ टोलीको सहभागितामा आयोजना गर्दैछ। यसअघि महादेशीय विजेता टोलीबीच मात्र हुने प्रतियोगिता अबदेखि प्रत्येक चार वर्षमा हुने भएको छ। प्रतियोगितामा...

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले सम्मान गर्ने

काठमाडौं — सरकारले अन्तर्राष्ट्रिय भलिबल, उसु र कवड्डी प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। उनका अनुसार कुल २७...

ओमान क्रिकेटले विश्वकप खेलाडीलाई बाँकी पुरस्कार दिने, वितरण प्रक्रिया अगाडि बढ्ने

काठमाडौं – ओमान क्रिकेट बोर्डले २०२४ टी–२० विश्वकपमा सहभागी पुरुष खेलाडीहरूलाई बाँकी रहेको पुरस्कार राशि भुक्तानी गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा बोर्डले कुल २ लाख २५ हजार अमेरिकी डलर (झण्डै ३० करोड नेपाली रुपैयाँ) बराबरको राशि खेलाडी र सपोर्ट स्टाफलाई सन् २०२५ को जुलाई महिनासम्म वितरण गरिने...

बिली जिन किङ कपमा नेपालको लगातार दोस्रो जित, कतारमाथि ३–० को सानदार जित

काठमाडौँ, नेपालले बिली जिन किङ कप टेनिस प्रतियोगिता अन्तर्गत लगातार दोस्रो जित हात पारेको छ। समूह ‘बी’ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपालले कतारलाई सोझो ३–० ले पराजित गर्दै आफ्नो प्रदर्शनलाई अझ सुदृढ बनाएको हो। यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई २–१ ले हराउँदै विजयी शुरुआत गरेको थियो। खेल विवरण: ▪ पहिलो सिंगल्सनेपालकी शिभाली...