नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को सचिवालयको बैठक सुरु भएको छ। भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बोलाइएको हो । एमाले सचिवालयमा पदाधिकारी १९ जना सदस्य रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया