क्यानाडामा नेपाली खेलाडीलाई पदक

काठमाडौँ, ६ असोज । राजु नगरकोटीले क्यानडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आज कास्य पदक जितेका छन् । क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । राजु सहभागी स्पर्धामा नौ मुलुकका खेलाडी सहभागी थिए । नुवाकोट...

झापामा क्रिकेट प्रतियोगिता

भद्रपुर, ५ असोज । कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट एकेडेमी, ह्वाइट वास क्रिकेट क्लब, लाली गुराँस क्रिकेट एकेडेमी र...

खेलाडी दर्ता आजदेखि शुरु

काठमाडौँ, ३ असोज । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया आजदेखि शुरु भएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज विज्ञप्ति जारी गरी प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको जनाएको हो ।...