विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल

अनिल पोखरेल

राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरण विपद्को क्षेत्रमा काम गर्ने पहिलो निकाय हो । यसमा भर्खर मात्र अनिल पोखरेल कार्यकारी प्रमुख भर्खर नियुक्त भएका छन् । विपद् खोजिख न्यूनीकरण तथा व्यवस्थापन ऐन र नियमावलीको प्रावधान अनुसार यो संरचना गठन भएको हो । अब यसले कसरी काम गर्छ र नेपालमा यसको प्रभावकारिता कस्तो छ ? यसको जवाफ खोज्ने सिलसिलामा इमेज च्यानलको कार्यक्रम टक अफ द टाउनको लागि जगदीश खरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश :


जोखिम व्यवस्थापन र न्यूनीनकरणमा यसको भूमिकालाई हेर्न हो भने तीनवटा दृष्टिकोणबाट हेर्न सक्छौं । अभियन्ताको भूमिका, अर्को व्यापारिक दृष्टिकोण र यो अहिलेको नितान्त फरक भूमिका हो । यो सरकार हो । यसले सरकारलाई बाटो देखाउने काम गर्छ । यसले अभियान्ता र सरकारलाई सँगसंगै अगाडि बढाएर लैजाने निकाय हो, विपद जोखिम तथा न्यूनीकरणको सम्बन्धमा । र, यसले नेपालका अन्य मन्त्रालय, प्रादेशिक संरचना र स्थानीय सरकारलाई पनिसँगै लिएर जाने काम गर्छ । अभियान्ता र सरकारलाई सँगै लिएर लाने मुख्य यसको भूमिका हुन्छ ।
म अभियान्ता हुँदा मैले औला ठड्याउँने र सजगताका लागि काम गरेको थिए । तर, अहिले त्यो सबै जिम्मेवारी मेरो काँधमा आएको छ । २४ वटा यसका मुख्य कामहरु छन् । यो सबैको प्रयासको परिणाम हो ।
कुनै पनि सरकारी संरचनासँग तुलना गर्दा यो प्राधिकरण एउटा विपद् जोखिममा केन्द्रीत भएर काम गर्छ । सबै संस्थालाई समन्वय गरेर अगाडि बढ्छ, यसको जिम्मेवारी पनि त्यो हो ।
यसको मुख्य काम भनेको विपद् पर्दा विपद्को सबै जिम्मेवारी, उत्तरदायित्व र समन्वय गर्ने काम हो । नेपालमा मात्रै होइन, विश्वमा पछिल्लो १० वर्षमा विपद् जोखिमको क्षेत्र फराकिलो भएको छ ।
मलाई यो क्षेत्रमा काम गर्ने हिम्मत र शासहसँगै विश्वास पनि छ कि विपद् जोखिम न्यूनीकरणमा योगदान गर्न सक्छु भन्ने । उद्दार र राहतको लागि सरकारी संयन्त्रलाई परिचालन गर्ने अधिकार मलाई ऐनले दिएको छ ।
मुख्य कुरा जिम्मेवारी हो, अधिकार मात्रै होइन मलाई । देखिने गरी, महसुश हुनेगरी काम गर्न मलाई ठूलो अभिवारा छ । यो अभिवारालाई पुरा गर्न मैले काम गर्ने भनेको, प्राधिकरणले काम गर्ने भनेको नेपालको सबै निकाय, प्रदेश र स्थानीय तहसम्म र यस क्षेत्रमा काम गर्ने सबै संस्थालाई लिएर अगाडि बढ्नु हो । मेरो अवधि ५ वर्षको छ । यस अवधिमा हामी सबै सरोकारवाला निकायहरु मिलेर नेपाली जनताको जीवनमा आइपर्ने विपद्को जोखिमलाई घटाउनु मेरो सबैभन्दा मुख्य उद्देश्य हुनेछ ।

तपाईको प्रतिक्रिया