कांग्रेस महाधिवेशन : मत परिणाम आइसकेको पदमा शशांक कोइराला ‘म्यान अफ द इलेक्शन’

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

अन्तिम परिणामअनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३८३६ मत प्राप्त गरेका छन्। देउवा र कोइराला दुवेले उनलाई आ-आफ्नो प्यानलमा राखेका थिए।

त्यस्तै, एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा निर्वाचित भए। शशांक कोइराला अहिलेसम्म घोषणा भएका पदमध्ये सर्वाधिक मत ल्याएर म्यान अफ द इलेक्शन भएका छन् । महिला केन्द्रीय सदस्य पदको मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया