पहिचान हुन नसकेका ९६ शव देवघाटमा व्यवस्थापन गरियो

पहिचान हुन नसकेका ९६ शव देवघाटमा व्यवस्थापन गरियो
चितवन । बाढी तथा विपद्का क्रममा चितवनमा ल्याइएका र हालसम्म पहिचान हुन नसकेका ९६ वटा शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार ती शव शनिबार देवघाट क्षेत्रको जंगलमा गाडिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार साँझसम्म ९६ शवको व्यवस्थापन सम्पन्न भएको छ। बाँकी शव व्यवस्थापनको काम आइतबार पनि जारी रहने चितवनका...

राहत लिएर प्रभावित क्षेत्रमा जाँदा प्रशासनसँग समन्वय गर्न आग्रह

राहत लिएर प्रभावित क्षेत्रमा जाँदा प्रशासनसँग समन्वय गर्न आग्रह
काठमाडौं — बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि जाने व्यक्ति र संस्थाहरूलाई सरकारी निकायसँग आवश्यक समन्वय गरेर मात्रै परिचालित हुन प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले आग्रह गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै सचिवालयले पूर्वसमन्वयबिना निजी सवारीसाधनमा राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा चाप बढेको जनाएको छ। यसले...

विदेशमा रहेका नेपालीले दूतावासबाटै सवारी लाइसेन्स प्रमाणीकरण गर्न पाउने

विदेशमा रहेका नेपालीले दूतावासबाटै सवारी लाइसेन्स प्रमाणीकरण गर्न पाउने
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकले अब आफू बसेको मुलुकमा रहेको नेपाली दूतावास वा सम्बन्धित नेपाली नियोगमार्फत नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रमाणीकरण गराउन सक्ने भएका छन्। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपालीलाई यस्तो सेवा सम्बन्धित नेपाली नियोगबाट उपलब्ध हुने जानकारी दिएको हो। विभागका अनुसार...

लहानमा प्रभावकारी बन्दै “घर–घरको शान, स्वच्छता अभियान”

लहानमा प्रभावकारी बन्दै “घर–घरको शान, स्वच्छता अभियान”
लहान । लहान नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’लाई समुदायस्तर सम्म पुर्‍याउने क्रममा वडा नं. २२ को सिसौनी र पतेरवा क्षेत्रमा बिहीबार सडक नाटक तथा स्वच्छता र्‍याली आयोजना गरिएको छ। कार्यक्रममा शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरण संरक्षण र स्वस्थ जीवनशैलीका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। स्थानीय युवा, महिला, बालबालिका तथा...

बिजुलीको ‘सिजनल ट्यारिफ’बारे आज छलफल

बिजुलीको ‘सिजनल ट्यारिफ’बारे आज छलफल
काठमाडौं । सरकारले वर्षायाममा विद्युत्को महसुल घटाएर आन्तरिक खपत बढाउने तयारी अघि बढाएको छ। नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने विषयमा गृहकार्य गरिरहेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। प्राधिकरणका सञ्चालक समिति सदस्य...

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बुधबार दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ। बैठकमा समसामयिक सरकारी विषयसँगै विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल हुने एक मन्त्रीले...

प्रधानमन्त्री बालेनसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची
काठमाडौं — प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी...

करार कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

करार कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो मातहतका निकायमा कार्यरत करार कर्मचारीहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले परिपत्र जारी गर्दै हाल करारमा कार्यरत कर्मचारीमध्ये फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण तत्काल पठाउन मातहतका सबै निकायलाई भनेको हो। मन्त्रालयका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

एनआरएनलाई अवैतानिक श्रमिक दूत बनाउन आग्रह

एनआरएनलाई अवैतानिक श्रमिक दूत बनाउन आग्रह
गोन्जाउ — विदेशमा रहेका नेपाली श्रमिकलाई समस्या पर्दा सहयोग गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिलाई सरकारले औपचारिक मान्यता दिँदै अवैतानिक श्रमिक दूतका रूपमा नियुक्त गर्न आग्रह गरिएको छ। चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले विदेशमा नेपालीलाई सहयोग...