अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९, मृतक ९ जनाको सनाखत

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १९ जनाको घटनास्थलमै ज्यान गएकोे छ .

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधाबर भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १९ मध्ये ९ जनाको सनाखत भएको छ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेको थियो।

हालसम्म सनाखत नामावली विवरण यस प्रकार छ:-

(१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी

२) माया पुरी, १८ वर्षिया, खाचिकोट काउले

(३) मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले

(४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा

(५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु  

(६) राज कुमार महत,  २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी

(७) सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गा.पा. ७ ( उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा)

(८) शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची

(९) शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाचिकोट

यसैगरी भैरहवा र बुटवलमामा उपचार हुँदै गरेका घाइतेहरुको नामावली निम्नप्रकार रहेको छः

(१) कृष्ण बिक वर्ष ४०, अर्घाखाँची  

 (२) बोम बहादुर वर्ष ३५ अर्घाखाँची

(३) बिष्णु विक वर्ष ३५, अर्घाखाँची

(४) सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची

(५) जीवन विक वर्ष २५, अर्घाखाँची 

बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु:

(१) अन्किता थापा  वर्ष १५, सन्धिखर्क ६  अर्घाखाँची  

 (२) सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची

(३) बिष्णु अधिकारी, अर्घाखाँची

(४) लोकनाथ पाण्डे, अर्घाखाँची

(५) सपना कुवँर अर्घाखाँची

(६) नन्द बहादुर बिक, अर्घाखाँची

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।

दुर्घटनामा परि १९ जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया