राष्ट्रिय जनगणना– २०७८: लिपुलेक–कालापानीमा पनि गणना हुने

काठमाडौं । ११औं राष्ट्रिय जनगणना २०७८ भोलिदेखि शुरु हुँदैछ । सरकारले लिपुलेक र कालापानी समेटेर प्रशासनिक र राजनीतिक नक्सा जारी गरेपछि कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने भएको छ  । उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

तथ्याङ विभागले आज गरेको पत्रकार सम्मलेनमा लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने बताएको हो । विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने पनि जनाएको छ । कोरोना महामारीका कारण जनगणना केही समय ढिला भएको थियो ।

तपाईको प्रतिक्रिया