आइभेरी कोष्टको राजधानी अविद्जानमा खानेपानी तथा सरसफाइ विश्व सम्मेलन : नेपालको अवस्था कस्तो ?

खानेपानी र सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अफ्रिकाको आइभरी कोष्टमा एक हप्ता अगाडि सम्पन्न भयो । जहाँ विश्वभरका करिव तीन हजार प्रतिनिधिहरुले आआफ्नो देशको सरसफाइ र खानेपानीको अवस्था बारेमा प्रस्तुती दिए । अहिले नेपालमा मात्रै नभएर विश्वका केही देशमा ढल तथा दिसाजन्य लेदो व्यवस्थापन चुनौतीको विषय बनेको छ । यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा पनि सम्मेलनमा छलफल भयो । कार्यक्रममा नेपालको तर्फबाट खानेपानी मन्त्रालयका सचिव कमलराज श्रेष्ठले दिसाजन्य लेदोको व्यवस्थापनमा चुनौती तथा अवसरका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्नुृ भएको थियो । त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागको तर्फबाट मनिना बैद्यले खानेपानी तथा सिवीसका सन्दर्भमा नेपालको वर्तमान अवस्था, चुनौती तथा आगामी योजनाका सन्दर्भमा आफ्नो प्रस्तुती दिनु भएको थियो । यस्तै खानेपानी मन्त्रालयका प्रभात श्रेष्ठले समावेशी सरसफाइको सन्दर्भमा भइरहेका कामहरुको जानकारी दिनु भएको थियो ।
वातावरण तथा जनस्वास्थ्य संस्था एन्फोका कार्यकारी निर्देशक भावना शर्माले दक्षिण एसियामा सरसफाइको अहिलेको अवस्था र लिनुपर्ने प्राथमिकताका सन्दर्भमा आफ्नो धारणा राख्नु भएको थियो । यस्तै एन्फोका तर्फबाट सिर्जना कार्कीले नेपालको खानेपानी, स्वच्छता तथा सरसफाइमा महिला नेतृत्वको सम्बन्धमा आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा एन्फो तथा इको कन्र्सनको तर्फबाट राजिव जोशी तथा कृष्णराम एन्दोले नेपालको दिसाजन्य लेदो प्रशोधन केन्द्रको अवस्था बारे जानकारी गराउनु भएको थियो ।
इस्लामिक विकास बैंकका वरिष्ठ सरसफाइ विज्ञ विपिन डंगोलले सीवीस अभियानको सन्दर्भमा वित्तिय क्षेत्रले गर्ने भूमिकाको सन्दर्भमा चर्चा गर्नु भएको थियो । वालिङ नगरपालिकाका प्रतिनिधि बुद्ध बज्र्राचार्यले दिसाजन्य लेदो व्यवस्थापनमा नगरपालिकाले प्राप्त गरेको सफलताको कथा सुनाउनु भएको थियो । कार्यक्रमा अफ्रिकाको परम्परागत कला, संस्कृति र नृत्यले पनि कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । उक्त कार्यक्रम आइभरी कोष्टका प्रधानमन्त्रीले उद्घाटन गर्नु भएको थियो ।

नेपालका प्रतिनिधि कसले के भने–

भावना शर्मा, कार्यकारी निर्देशक वातावरण तथा जनस्वास्थ्य संस्था एन्फो-दक्षिण एसियाका देशहरुमध्ये बंगलादेश सबैभन्दा माथि छ । भारतले पनि उल्लेख्य मात्रामा उपलब्धि हासिल गरेको छ । नेपाल भारतभन्दा पछाडि छ । हामीले खुला दिसामुत्त देश घोषणा ग¥यौं तर त्यसपछि हाम्रो अयिभान सेलायो । अब हामी दिसाजन्य लेदो व्यवस्थापनको काममा दौडिनु आवश्यक छ । हाम्रो नेपालमा विभिन्न संस्थाको एलायन्स छ । सबै संस्थाको आ–आफ्नो कार्य छ । सरकारले गर्ने काममा एलायन्सले साथ दिन्छ । सरकारसँग हाम्रो सहकार्य निरन्तर रहन्छ । हामीले सरकारले गर्ने काममा इँटा थप्ने काम गर्छौं ।

मनिना बैद्य, खानेपानी तथा ढल व्यवस्थापन विभाग-हामीसँग स्रोत नै छैन । सरकारले सरसफाइलाई प्राथमिकतामा राखेकै छैन । नीति र घोषणामा प्राथमिकतामा राखेको भए पनि बजेटमा पर्याप्त छैन । आवश्यक प्राविधिक जनशक्तिको अभाव मुख्य चुनौती हो । नयाँ प्रविधिको पनि हामीले प्रयोग गर्न सकेका छैनौं । १५औं योजनाको लक्ष्य प्राप्त गर्नलाई हामी निरन्तर अगाडि बढ्छौं । अब नयाँ अभियानलाई अगाडि बढाउन निकै हतार भइसक्यो ।
कमलराज श्रेष्ठ, सहसचिव, खानेपानी मन्त्रालय-सरसफाइका कुरा धेरै हुन्छन् तर बजेटको उपलब्धता निकै कम छ । सन् २०३० को दीगो विकासको लक्ष्यलाई प्राप्त गर्न तथ्याङको विश्लेषण आवश्यक छ । काठमाडौं बाहेक अरु ठूला शहरमा ढल व्यवस्थापन राम्रोसँग हुन सकेको छैन । ढललाई प्रशोधन गर्ने ट्रिटमेन्ट प्लान पनि जोड्न सकिएको छैन । नेपालमा शहरहरु बढ्दो क्रममा छन् । अहिले तीनै तहका सरकारको समन्वय हुनु आवश्यक छ । हामीले सबै संस्थाको सहयोगमा संयुक्त रुपमा अगाडि बढ्नु पर्ने आवश्यकता छ । दिसाजन्य लेदो व्यवस्थापनका लागि अब हामी तीव्र गतिमा दौडिनु आवश्यक छ ।
कृष्ण खाँड, प्रमुख, वालिङ नगरपालिका, स्याङ्जा-हाम्रो काम गर्ने इच्छा शक्ति नै छैन । हामीले अहिले उपलब्ध भएका स्रोत र साधनको पनि उचित प्रयोग गर्न सकेका छैनौं । हाम्रो चिन्तनमा फराकिलोपन आउन आवश्यक छ । हामी योजना अनुसार अगाडि बढ्न सकेका छैनौं । अहिले हामी अफ्रिकाको आइभरी कोष्टमा आएर धेरै कुरा सिक्न पाएर उत्साहित छौं । हाम्रो नगरपालिकामा एन्फोले धेरै सहयोग गरेका कारण हामीले धेरै सफलता प्राप्त गरेका छौं । अब हामी थप योजना र नीति निर्माण गरेर अगाडि बढ्छौं ।

नेपालले खानेपानी तथा सरसफाइमा फेरि अभियान चलाउन जरुरी छ । नेपालमा शहरहरु बढ्दो क्रममा छन् । दिसाजन्य लेदो तथा ढल व्यवस्थापन अहिले सबै शहरहरुमा प्रमु्ख चुनौतीको विषय बनेको छ । यसका लागि सबै सरोकारवाल तथा सरकारले संयुक्त रुपमा काम गर्नु पर्ने आवश्यकता छ । दीगो विकासको लक्ष्य सन् २०३० सम्म हामीले सरसफाइ तथा खानेपानीमा लिएको लक्ष्य पूरा गर्नु पर्ने चुनौती छ । यो लक्ष्य पूरा गर्न अब कति पनि ढिला गर्नु हुँदैन ।

अविद्जानमा भएको कार्यक्रमको सम्पातिद अंश यहाँ हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया