शक्ति सङ्घर्षमा दलहरु

अहिले मुख्य दलका नेताहरु आफ्नो नेतृत्वमा सरकार बनाउन दौडधुप गरिरहेका छन् । नेपाली काँग्रेसका सभापति एंव प्रधानमन्त्री गठबन्धनबाट फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा छन् । तर, उनलाई आफ्नै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनौती दिइरहेका छन् । गगन आपूm प्रधानमन्त्री बन्न चाहन्छन् । त्यस्तै शंशाक कोइराला पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न तम्सिएका छन् । उनले पनि आपूm निकट नेताहरुबाट संवाद अगाडि बढाइरहेका छन् । यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न सबै दलसँग सत्ता साझेदारी गर्न खुला रहेको निर्णय माओवादी केन्द्रले गरिरहेको छ । उनले आपूm निकट नेताहरुबाट भेटघाटलाई तीब्र पारेका छन् । निर्वाचनमा दोस्रो दल भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनलाई भत्काएर आपूm प्रधानमन्त्री बन्ने कोसिसमा लागेका छन् । उनले राप्रपा र जसपाको साथ पाउने छन् । तर, उनलाई त्यति मात्र भएर बहुमत पुग्दैन । त्यसैले उनले कि त प्रधानमन्त्री प्रचण्डलाई आधा कार्याकाल छोड्नु पर्ने हुन्छ नत्र उनीसँग बहुमत पुग्दैन । तराई मधेस केन्द्रीत दलहरु जता लाग्छन्, उतै सरकार बन्ने निश्चित छ । सिके राउतले अहिले भेटघाट तीब्र पारेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका नेता उपेन्द्र यादव लगायतका नेताहरुलाई भेटेका छन् । संसदमा कुनै पनि दलको स्पस्ट बहुमत छैन । त्यसैले गठबन्धन कायम राखेर देउवा प्रधानमन्त्री बन्ने कसरतमा छन् । तर उनलाई सहज रुपमा प्रचण्डले स्वीकार गर्ने छैनन् । दश सिटको एकीकृत समाजवादी गठबन्धनमा रहने बताइरहेको छ । तर, एमाले गठबन्धन भत्काउन चाहन्छ । एमालेले गठबन्धनबाट माओवादीलाई छुटाउन सके शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने प्रयास लगभग समाप्त हुनेछ । तर, एमालेले माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री स्वीकार गर्छ कि गर्दैन, त्यसबाट आगामी सरकारको छिनोफानो हुनेछ ।

तपाईको प्रतिक्रिया