एमएफएन–१७ मा नेपाली फाइटर रवीन्द्र ढाट बेन्टामवेट च्याम्पियन

काठमाडौं — नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ (एमएफएन–१७) मा शानदार जित निकाल्दै बेन्टामवेट तौल समूहको च्याम्पियन बनेका छन्।

शनिबार भारतको नोएडामा सम्पन्न फाइनल म्याचमा उनले भारतका शीर्ष वरीयता प्राप्त फाइटर चेग्रोन कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै उपाधि हात पारेका हुन्।

रवीन्द्रले ‘लक एन्ड रोल एमएमए नेपाल’ टिमबाट उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। उनी हाल एसिया प्रशान्त क्षेत्रको एमएमए वरीयता सूचीमा २२८औँ स्थानमा रहेका छन्। साथै, उनी दक्षिणपूर्व एसियाली उपक्षेत्रमा पनि प्रतिस्पर्धात्मक वरीयतामा समावेश छन्।

रवीन्द्रको यो जित नेपाली एमएमए खेलकुदका लागि ठूलो उपलब्धि मानिएको छ।

तपाईको प्रतिक्रिया