पाँचौं प्रयासमा खुल्यो दीपक सिंहलाई संसदको ढोका, एमालेबाट लड्दा पनि कमल थापाका दिन आएनन्

राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले अन्तिममा एकाएक फड्को मार्दै चुनाव जितेका छन् । पाँचौं प्रयासमा उनले जीतको स्वाद चाख्न पाए । सिंह यसअघि प्रतिनिधिसभा, संविधानसभा र हेटौंडाको मेयरमा गरी चारपटक लडेर पराजित भएका थिए । तर, अहिले एमाले र सत्ता गठबन्धनका बलिया प्रतिस्पर्धीलाई पराजित गर्दै उनले शानदार जीत दर्ता गरेका छन् । एमालेबाट चुनाव लडेका कमल थापा उनकै पार्टी राप्रपा फुटाएर निस्केका पूर्वअध्यक्ष हुन् । सिंहले मकवानपुर १ मा खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ ल्याए, महालक्ष्मी उपाध्याय डिना २५ हजार ४२३ मतमा रोकिइन् । एमालेबाट चुनाव लडेका कमल थापा २५ हजार ४२० मत ल्याएर तेस्रो भए ।

तपाईको प्रतिक्रिया