कसैमा पनि कोरोना देखिएको छैन–स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म परीक्षण गरिएका कसैमा पनि कोरोना भाइरस पुष्टी नभएको जनाएको छ । हालसम्म थप ४३२ वटा नमुना परीक्षण गरिएकोमा कसैमा पनि कोरोना भाइरस नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयले नेपालमा कसैमा पनि नदेखिएकाले त्रसित नहुन पनि आग्रह गरेको छ ।

संभावित जोखिमलाई ध्यानमा राखेर सुरक्षाका सबै उपाय अपनाइएको मन्त्रालयको भनाई छ । कोरोनाको पहिचान गर्ने, संक्रमितको खोजी गर्ने, उपचार गर्ने लगायतका सबै काम अघि वढाइएको मन्त्रालयले जनाएको छ ।

अमेरिकामा कारोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । कोरानाको संक्रमणले वासिंगटनमा ११ जना र क्यालिफोर्नियामा एक जनाले ज्यान गुमाएका हुन् । अमेरिकामा यस रोगबाट संक्रमित हुनेको सङ्ख्या १ सय २९ पुगेको छ ।
विश्वभर यसरोगबाट ९५ हजारभन्दा बढी संक्रमित बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । चीनमा हालसम्म ३ हजार १५ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया