अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई, स्वास्थ्यका सचिव लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिए

सरकारले अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ । मरासिनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा थिए । अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । यस अघि नै स्वास्थ्य सचिवमा डा.रोशन पोखरेलले जिम्मेवारी पाइसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया