राष्ट्रिय जनगणना २०७८ : ४.५ प्रतिशत परिवारहरु अझै पनि शौचालयको पहुँचमा छैनन्, ९.८ प्रतिशत परिवारको शौचालय सार्वजनिक ढलमा जोडियो

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार देशका कुल ६६६०८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् । त्यस्तै ४.५ प्रतिशत परिवारहरुसँग अझै प नि शौचालयको पहुँच नभएको तथ्याङ्क जनगणनाको नतिजाले देखाएको छ । २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो । जम्मा परिवारमध्ये ९.८ प्रतिशत परिवारहरुले सार्वजनिक ढलमा जोडिएको फ्ल्स भएको, ५५.१ प्रतिशत परिवाहरुले सेफ्टी ट्याङ्कमा जोडिएको फ्ल्स भएको, ३०.१ प्रतिशतले साधारण शौचालय र ०.५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन् । जनगणना २०७८ अनुसार अझै पनि मधेस प्रदेशमा १२ प्रतिशत शौचालय विहीन छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ । शौचालय नभएका परिवारहरु बागमती प्रदेशमा र गण्डकी प्रदेशमा सबैभन्दा कम १ प्रतिशत रहेका छन् ।

तपाईको प्रतिक्रिया