उपनिर्वाचन २०७६: आज राति १२ बजेदेखि मौन अवधि

काठमाडों । चुनाव केन्द्रित सभा गर्ने आज अन्तिम दिन हो । आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा चुनाव केन्द्रित कुनै पनि गतिविधि गर्न पाइदैन ।  अन्तिम दिन भएकाले नेताहरु बिहानै देखि चुनावी सभामा सकृय भएका छन् । बुधबार बिहानै नेकपा अध्यक्ष पुष्पकमल दाहाल पोखरा पुगेका छन् । पोखराको कार्यक्रम सकेर दाहाल आजै धरान जाने कार्यक्रम छ ।  नेपाली कांग्रेसका नेताहरु धरान र पोखरामा उपचुनावको प्रचार गर्न र चुनावी सभालाई सम्बोधन गर्न व्यस्त छन् । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।

तपाईको प्रतिक्रिया