राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरण गठन भएर भर्खर मात्र यसले नयाँ प्रमुख पाएको छ । नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा यसले अबको बाटो कसरी लिनुपर्छ ? चुनौति के छ ? यसको भविष्य कस्तो छ ? यहीँ सेरोफेरेमा विपद् विज्ञ एवं पूर्व मन्त्री डा. गंगालाल तुलाधर तथा विपद् विज्ञ डा. आमोदमणि दीक्षितले इमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलसँग गरेको कुराकानीको सारसंक्षेप ः

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गठन भएको दुई महिना भयो । तर, यसको गठनको निम्ति पछिल्लो केही वर्षमा धेरै मेहेनत गर्नुप¥यो । हामीले प्राधिकरणको क्षेत्र र यसको विस्तारको सिलसिलामा हामीले धेरै ठूलो कल्पना गरेका थियौ । तर प्राधिकरण पाउनु नै ठूलो कुरा हो । तर पूर्ण सन्तुष्ट हुने भन्ने हुँदैन । तर, अब यो विस्तारै बढाउनु पर्छ । अब यसलाई कसरी साधन र स्रोतले सम्पन्न गर्ने भन्ने पक्षमा ध्यान दिन आवश्यक छ । संगठनलाई कसरी सदृढीकरण गर्ने भन्ने र सरकार र जनताले भरोसा गर्न सक्ने खालको योग्य बनाउने अबको बाँकी काम त्यो हो । यसलाई हामीले गर्न सकिन्छ ।
डेढ दशक अघिदेखिको हाम्रो प्रयास सफल भएको छ । एउटा प्रस्थान विन्दु भएको छ, यो खुशीको कुरा हो । अब हामीले मानसिक्ता बदल्न जरुरी छ । नीति तथा ऐनले व्यवस्था गरे अनुसार अगाडि बढ्नु आजको आवश्यकता हो ।
प्राधिकरणका प्रमुखले भोलि आउने विपद्को उहाँले नेतृत्व लिन सक्नु पर्दछ । गृह मन्त्रालयको मातहतमा केन्द्रीत हुने कि त्यो भन्दा बाहिर अथवा मानसिकता प्राधिकरणको हुने भन्ने मुख्य चिन्ताको विषय हो । हिजोको मानसिकताले काम गर्न सकेको भए प्राधिकरण आवश्य नै थिएन । त्यसकारण प्राधिकरणले नै अग्रणी भूमिका निर्वाह गर्न सक्नु पर्दछ । प्रधानमन्त्रीले गृह मन्त्रालयको हस्तक्षेपबाट मुक्त गराउन सक्नु पर्दछ । तर ऐनले अलिकति बाँधेको छ, गृह मन्त्रालयअन्तर्गत भनेर । त्यतिबेला हामीे सम्झौता गरेकै हो । तर, अब फड्को मार्ने बेला आएको छ । अब गृह मन्त्रालयअन्तर्गत भनेर प्राधिकरणलाई राखिरान्न पर्ने अवस्था छैन् । गृह मन्त्रालय भित्रको विपद् जोखिमको महाशाखा ज्यूदै राख्ने जुन मानसिकता छ, त्यो शंकाको विषय हो ।
प्राधिकरणका प्रमुखले पहिले भौतिक संरचना बनाउन आवश्यक छ । जहाँबाट निर्णय गराउन पर्ने हो, त्यसलाई यथासक्य चाडो निर्णय गराएर अगाडि बढ्नु पर्दछ । बजेटमा ५ अर्ब छुट्याएको छ, अनि पैसा छैन भनेर बस्न मिल्छ ? अहिलेसम्म समन्वय छैन्, सबै तिर समन्वय गर्नु पर्दछ ।
हामी कोही पनि अजम्वरी छैनौं । हामीले आफ्नो जीवन समपर्ण गरेका छौं, प्राधिकरणको गठनका निम्ति । प्राधिकरणको भविष्य उज्ज्वल छ । विपद् व्यवस्थापनमा नेपालको शीर उच्च छ । यो मुलुकले देखाएको छ, के गर्न सक्छ भनेर । त्यसको प्रमुख उदाहरण भूकम्प पछिको पुनःनिर्माण हो ।

तपाईको प्रतिक्रिया