भरपतुर महानगरपालिका मेयर रेनु दाहालको उद्घोष : महानगरलाई विपद्को सामना गर्न सक्ने बनाउँछौं (मिडिया बहसको भिडियो सामग्री)

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सबै प्रकारका विपद्को सामना गर्न सक्ने महानगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रम टक अफ द टाउनको मिडिया बहसमा मेयर दाहालले अब कुनै पनि प्रकारको विपद्का लागि पूर्व तयारी तथा तालिम र साधन स्रोतले पनि सम्पन्न बनाउने बताउनु भएको छ । उपप्रमुख पार्वती शाह ठकुरीले अब तालिमलाई सबै वडामा सञ्चालन गर्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा सहभागीले आगलालीले धेरै क्षति गर्दा पनि भवन संहितामा आगलागी सम्बन्धी उल्लेख नभएकाले आगलागीको जोखिम बढेको बताएका थिए । त्यस्तै कार्यक्रममा सरोकारवाल निकायका व्यक्तिले अब चितनवमा विपद्को प्रतिकार्यका लागि सबै एकजुट हुने पनि बताएका छन् । सरकारका सबै संयन्त्र, नेपाल रेडक्रस सोसाइटी, चितवन उद्योग संघ, विभिन्न गैरसरकारी संस्था, ग्यास उद्योग संघ, अस्पताल तथा विद्यालयका प्रतिनिधि मिडिया बहसमा सहभागि थिए । कार्यक्रम युएनडीपीको साझेदारीमा भएको थियो ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया