जापनमा उच्च शिक्षा पढ्न चाहनु हुन्छ ? यस्ता छन् अवसर (भिडियो सहित)

विदेशमा उच्च शिक्षा अध्ययन भन्ने बित्तिकै नेपाली विद्यार्थीका मनमा आउने देशको नाम हो जापान । नेपालबाट मात्र नभएर विश्वका विभिन्न देशबाट उच्च शिक्षा लिन विद्यार्थीहरु जापान जाने गर्छन । किन जापान नै जाने गर्छन त ? त्यहाँ उनीहरुले पूर्ण छात्रवृत्ति पाउँछन् भने पढाइ सकेपछि रोजगारीका लागि पनि कुनै समस्या हुँदैन । जापनमा पढेका विद्यार्थीले योग्य र सक्षम हुन्छन् । त्यसैले त जापानमा जाने संख्या वर्षेनि बढ्दो छ । जापानमा उच्च शिक्षा प्राप्त गरेकाहरु अहिले नेपालमा फर्किएर माथिल्लो तहमा रहेर सेवा गरिरहेका छन् । जापानमा प्राविधिक वा अप्राविधिक सबै विषयको अध्ययन हुन्छ । यसै सिलसिलामा टोक्यो विश्वविद्यालयको स्टडी इन ग्लोबल नेटवर्क, मध्यपश्चिम विश्वविद्यालय र मिडिया हेल्पलाइनको आयोजनामा जापानमा उच्च शिक्षाका लागि नेपाली विद्यार्थी कसरीले जान सक्छन् त भन्ने विषयमा जापानका विभिन्न विश्वविद्यालयका पदाधिकारी, मध्यपश्चिम विश्वविद्यालयका उपकुुलपति प्रा.डा. नन्दबहादुर सिंह तथा जापानमा पढेर अहिले नेपालमै विभिन्न पेशमा संलग्न व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका करिव ५ सय विद्यार्थीको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरुले जापानमा विद्यार्थीहरु कसरी जाान सक्छन् र त्यसका लागि के के कुराको आवश्यकता पर्छ भन्ने प्रश्नहरु राखेका थिए । जापानमा उच्च शिक्षाको अवसरका विषयमा २२ गते पोखरा विश्वविद्यालयमा पनि कार्यक्रम राखिएको स्टडी इन जापान ग्लोबल नेटवर्कले जनाएको छ ।

तपाईको प्रतिक्रिया