मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)


मेलम्चीमा एक महिना अगाडि आएको बाढीले धेरै धनजनको क्षति ग¥यो । आँखै अगाडि आफ्नो जीवनभरको सम्पति तथा सुन्दर सपना बाढीले बगाएर लग्यो । सुन्दर मेलम्ची अहिले खण्डहर भएको छ । कतिको घरको जगसँगै बगाएर लग्यो भने कतिको घरलाई बस्नै नमिल्नेगरी क्षति पु¥यायो । मेलम्ची नगरपालिकाको करिव ४ वर्षको विकासका काम तथा पूरन हुन लागेका योजना पनि बाढीमा मिसिए । नदीले स्वरुप परिवर्तन गरेपछि खोला छेउका घरहरु बाढीको निशानामा परे । अब यहाँको पुनःनिर्माण कसरी हुन्छ ? राज्यसँग यहाँका जनताको अपेक्षा के छ ? फेरि यहीँ ठाउँमा पुनःनिर्माण हुन्छ कि सुरक्षित ठाउँमा वस्ती स्थानान्तरण हुन्छ ? यो एउटा गम्भीर प्रश्न यतिबेला सबैतिर चासोका साथ उठेको छ । फेरि यहीँ ठाउँमा पुनःनिर्माण गर्दा कसरी गर्ने हो ? सरकार र स्थानीय जनता अलमलमा छन् । यसै प्रशंगमा कार्यक्रम टक अफ द टाउनले मूख्य त अबको पुनःनिर्माण कसरी ? दीगो पुनःनिर्माण कसरी गर्न सकिन्छ ? स्थानीय सरकार, संघीय सरकार र जनप्रतिनिधिहरुको अबको भूमिका के हुन्छ ? यहीँ सन्दर्भलाई लिएर गरिएको विशेष कार्यक्रम यहाँ प्रस्तुत गरिएको छ । पूरा कार्यक्रम भिडियोमा छ ।

तपाईको प्रतिक्रिया